भक्तपुरमा नगर स्तरीय अन्तर विद्यालय खेलकूद प्रतियोगिता सुरु

भक्तपुर न्यूज

९ कार्तिक २०७४ ११:००

भक्तपुरमा नगर स्तरीय अन्तर विद्यालय खेलकूद प्रतियोगिता सुरु

भक्तपुर ९ कार्तिक । भक्तपुरमा आजबाट नगर स्तरीय अन्तर विद्यालय खेलकूद प्रतियोगिता सुरु भएको छ ।  भक्तपुर नगरपालिकाको आयोजनामा तीनदिनसम्म चल्ने प्रतियोगिताको उद्घाट्न नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले गरेका छन् ।

प्रतियोगितामा भलिबल, फुटसल, टेबुलटेनिश, कबडी, खो खो, ऐथ्लेटिक्स, व्याडमेन्टीन र बुद्धिचाल (चेस) गरी जम्मा ८ खेल समाबेश गरिएको छ । नगरका ३७ विद्यालयका १ हजार विद्यार्थीहरुवीच विभिन्न खेलमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजयी हुने खेलाडीहरु तथा उत्कृष्ट विद्यालयलाई मेडल, ट्रफी र प्रमाण पत्रका साथ सम्मान गरिने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *