भक्तपुर चित्तपोलबाट १२ जुवाडे पक्राउ

भक्तपुर न्यूज

८ कार्तिक २०७४ ५:४७

भक्तपुर चित्तपोलबाट १२ जुवाडे पक्राउ

भक्तपुर, ८ कार्तिक । भक्तपुरमा तास खेल्दै गरेका अवस्थामा प्रहरीले १२ जुवाडेलाई नियन्त्रणा लिएको छ । महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीको टोलीले तास खेलिरहेको अवस्थामा नगद रु एक लाख २० हजार ४ सय र ६ थान तास वुक सहित उनीहरुलाई पक्राउ गरेको हो । सूर्यबिनायक नगरपालिका–१० चित्तपोल खड्का गाउँस्थित बिशाल खड्काको किराना पसलमा तास खेलीरहेको बिशेष सुचनाका आधारमा छापा मारि प्रहरीले १२ जुवाडेलाई पक्राउ गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रबक्ता एवं प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिएका छन् । प्रहरीले तास खेलाउने पसलका सञ्चालक सूर्यबिनायक नगरपालिका–१० का बिशाल खड्कासहित १२ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।
पक्राउ पर्नेमा सूर्यबिनायक नगरपालिका–१० का क्रमशः बासुदेव खड्का, रघुनाथ खड्का, हरी खड्का, ज्ञानेन्द्र खड्का, सुन्दर जि.सी., राजन थापा, गोकर्ण कार्की, राधाकृष्ण महत, सहदेव थापा, अंकुर थापा र काभ्रे बनेपा–१ का किरण थापा रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भैरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *