जापानमा सत्तारुढ गठबन्धनलाई दुईतिहाई मत

भक्तपुर न्यूज

६ कार्तिक २०७४ ६:३०

जापानमा सत्तारुढ गठबन्धनलाई दुईतिहाई मत

एजेन्सी, ६ कार्तिक । जापानमा हिजो सम्पन्न मध्यावधि निर्वाचनमा सत्तारुढ गठबन्धनले दुई तिहाई मतका साथ विजय हाँसिल गरेको छ । सत्तारुढ गठबन्धन विजयी भएपछि शिन्जो आबेले तेश्रो कार्यकालका लागि समेत पार्टीको नेतृत्व सम्हाल्ने लगभग निश्चित छ ।
विपक्षीहरुको अनेक आरोपकाबीच प्रधानमन्त्री आवेको लिबरल डेमोक्रेटिक पार्टीको गठबन्धनले अनपेक्षित रुपमा दुई तिहाई बहुमत प्राप्त गर्दै सानदार जित आत्मसात गरेको हो । पार्टीले ३ सय १२ स्थानमा जित हात पारेको छ ।
जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभाका लागि हिजो बिहानैदेखि मतदान भएको थियो । जापानी प्रधानमन्त्री आवेले जापानको संसदको म्याद बाँकी रहेकै बेला गत महिना मात्र मध्यावधी निर्वाचनको घोषणा गरेका थिए ।
यो जितसंगै जापानको संविधान संशोधन गर्ने प्रधानमन्त्रीको महत्वाकांक्षा पूरा गर्न सहयोग मिल्ने बीबीसीले जनाएको छ । संविधान संशोधनका लागि दुई तिहाई बहुमत आवश्यक हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *