मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त

भक्तपुर न्यूज

६ कार्तिक २०७४ ६:०२

मुख्य सचिवमा लोकदर्शन रेग्मी नियुक्त

काठमाडौं, ६ कार्तिक । सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ । मन्त्रिपरिषद्को भर्खरै सम्पन्न बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले भोलिबाट उमेरहदका कारण अवकाश पाउने भएपछि सरकारले नयाँ मुख्यसचिव नियुक्त गरेको हो । रेग्मी २४ औं मुख्यसचिव बनेका हुन् ।
सरकारी सेवामा रहेका ५० सचिवमध्ये वरिष्ठताका आधारमा तीन जना मुख्यसचिवको दौडमा थिए । ज्येष्ठता र कार्यसम्पादनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारी, गृहसचिव रेग्मी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै सचिव ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिवको लाइनमा देखिएका थिए ।  तर, वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मीले बाजी मारे ।
मुख्यसचिवको आकांक्षी तीनै सचिव २०७० साउन ६ गते सचिवमा बढुवा भएका थिए । वरियताक्रममा उपाध्याय पहिलो, अधिकारी दोस्रो र रेग्मी तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *