दलाइ लामासँग नभेट्न चीनको आग्रह

भक्तपुर न्यूज

६ कार्तिक २०७४ ५:१५

दलाइ लामासँग नभेट्न चीनको आग्रह

एजेन्सी, ६ कार्तिक । तिब्बती बौद्ध धार्मिक गुरु दलाइ लामालाई लिएर चीन झन संवेदनशील भएको छ । दलाइ लामालाई लिएर चीनले विश्वभरका नेतालाई चेतावनी दिँदै दलाइ लामासँग भेट नगर्न आग्रह गरेको छ ।
चीनले दलाइ लामासँगको भेटलाई अपराध मानेको छ । चीनले एक विज्ञप्ति जारी गर्दै दलाइ लामा पृथकतावादी नेता भएको उल्लेख गर्दै लामाले चीनबाट तिब्बतलाई अगल पार्ने कोशिस गरिरहेको आरोप लगाएको छ ।
चीनमा सत्ताधारी कम्युनिष्ट पार्टीको युनाइटेड फ्रन्ट डिभेलपमेन्टका कार्यकारी उपमन्त्री ज्याङ यिजाङले जारी गरेको विज्ञप्तिमा यदि कुनै पनि राष्ट्रका नेताले दलाइ लामासँग भेटने कोशिस गरे त्यसले चिनियाँ जनताको भावनामा ठेस लाग्ने र त्यसलाई प्रमुख अपराधमा गनिने चेतावनी दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, म यो स्पष्ट पार्न चाहन्छु १४ औं दलाइ लामा धर्मको आडमा राजनीतिलाई बढावा दिइरहेका छन्। दलाइ लामा १९५९ मा आफ्नो मातृभूमि छोडेर अर्काको देशमा भागेका छन्। त्यसपछि निर्वासनमा रहेर कथित सरकार स्थापना गरेका छन्।’ चीन बौद्ध धर्म गुरु दलाई लामासँग विश्वका कुनै पनि नेताको सामिप्यता स्वीकार गर्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *