वाम गठबन्धनभित्र असन्तुष्टि

भक्तपुर न्यूज

६ कार्तिक २०७४ १:५९

वाम गठबन्धनभित्र असन्तुष्टि

काठमाडौ, ६ कात्तिक । आसन्न निर्वाचनमा चुनावी तालमेल गरेका वाम गठबन्धनभित्र तालमेल र उम्मेदवारी चयनका विषयमा ठाउँ(ठाँउमा असन्तुष्टि चुलिएको छ । असन्तुष्टि बढेसँगै कतिपय स्थानमा वाम गठबन्धन भित्रैबाट बागी उम्मेदवारीसमेत परेको छ ।

माओवादी सचिवालय सदस्य तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको जाजरकोटमा एमालेका गोविन्द्रविक्रम शाहीले बागी उम्मेदवारी दिएका छन् । पूर्वसांसदसमेत रहेका शाहीले मात्र होइन, जाजरकोटकै प्रदेशसभाको ९क० मा पनि गठबन्धन भित्रैबाट बागी उम्मेदवारी परेको छ ।

प्रदेशमा गठबन्धनका उम्मेदवार माओवादी उम्मेदवार गणेश सिंहविरुद्ध एमालेका निरज आचार्यले बागी उम्मेदवारी दिएका छन् ।रामेछापमा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी उम्मेदवार श्यामकुमार श्रेष्ठविरुद्ध उनकै पार्टीका दुईजना जिल्ला नेताले बागी उम्मेदवारी दिएका छन् । बिनाविभागीय राज्यमन्त्रीसमेत रहेका श्रेष्ठविरुद्ध पूर्वसभासद्समेत रहेकी लक्ष्मी गुरुङ र मैनकुमार मोक्तानले बागी उम्मेदवारी दिएका छन् ।

रामेछापकै प्रदेशसभा ९क० मा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेलविरुद्ध माओवादीका हेमन्त पौडेलले बागी उम्मेदवारी दिएका छन् ।

यी त केही प्रतिनिधि घटना मात्र हुन् । अन्य कतिपय क्षेत्रमा पनि वाम गठबन्धनभित्रै असन्तुष्टि र बागी उम्मेदवारी परेका छ । एमाले उम्मेदवारले टिकट पाएका क्षेत्रमा माओवादीका र माओवादीले टिकट पाएका ठाउँमा एमालेका उम्मेदवारले बागी उम्मेदवारी दिएका छन् ।तर, यस्ता घटनालाई सामान्य रूपमा लिई तालमेललाई प्रभावकारी बनाउन दुवै पार्टीका नेताले जिल्ला तहमा निर्देशन दिएका छन् ।

‘एउटै पार्टीमा त कसले टिकट पाउने भन्नेमा असन्तुष्टि हुने गथ्र्यो भने अहिले भिन्न पार्टीबीच ६०÷४० प्रतिशतका आधारमा टिकट व्यवस्थापन गर्दा असन्तुष्टि सामान्य रूपमा देखा पर्नु नौलो होइन’, एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले अन्नपूर्णसँग भने, ‘व्यक्तिले कुन ठाउँमा के पायो भन्ने भन्दा पनि देशले के पाउँदै छ भन्ने हिसाबले राष्ट्रिय आवश्यकताका आधारमा एमाले माओवादीले वाम गठबन्धन निर्माण गरी साझा उम्मेदवारी दिएका छौं । असन्तुष्टि छन् भने पनि त्यो छलफलका आधारमा समाधान हुँदै जान्छन् ।’

ठाउँ(ठाउँमा देखिएको असन्तुष्टिलाई उम्मेदवारी फिर्ताको समयावधिसम्म समाधान गर्दै औपचारिक रूपमा संयुक्त चुनावी कार्यक्रम सुरु भइसकेको माओवादी प्रवक्ता पम्फा भुसाल बताउँछिन् ।

‘केन्द्रमा चुनावी तालमेल भएका कारण केही ठाउँमा असन्तुष्टि देखिनुलाई स्वाभाविक मान्न सकिन्छ । तैपनि, उम्मेदवारी फिर्ताको चरणसम्म पुग्दा असन्तुष्टिसाथ बागी दिनुभएका साथीहरूले पनि फिर्ता लिने वातावरण निर्माण हुन्छ’, भुसालले भनिन् ।

जाजरकोटमा सुरुमा गठबन्धनभित्र प्रतिनिधिसभा माओवादी र प्रदेशसभाका दुवै क्षेत्र एमालेले लिने गरी समझदारी बनेको थियो ।त्यस्तै, हुम्लामा प्रदेशका दुवै क्षेत्र माओवादीले लिने समझदारी बनेको थियो । तर, उम्मेदवारी दर्ताका क्रममा दुवै जिल्लामा प्रदेश सभाको एक÷एक क्षेत्र बाँड्ने समझदारी बनेपछि असन्तुष्टि देखिन पुगेको नेताहरूको भनाइ छ ।

‘समयमै तालमेलको सर्कुलर नपुग्दा समस्या देखिन पुगेको होला तर त्यो उम्मेदवारी फिर्ताको दिनसम्म मिल्छ’, माओवादी प्रवक्ता भुसालले बताइन् ।निर्वाचन आयोगले आइतबार मंसिर १० गते हुने पहिलो चरण निर्वाचन हुने जिल्लामा उम्मेदवारी मनोनयन दर्ता गराएको थियो ।

आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने, नामावली प्रकाशन गर्ने र उम्मेदवारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन गर्नेसम्मका कार्यक्रम ८ कात्तिकसम्म गरिसक्ने गरी कार्यतालिका बनाएको छ । ८ कात्तिकसम्म गठबन्धनभित्र देखिएका असन्तुष्टि समाधान भएर दुवै पार्टी चुनावी उत्साहमा होमिने एमाले कार्यालय सचिव श्रेष्ठले बताए


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *