म्यानचेस्टर सिटी विजयी

भक्तपुर न्यूज

५ कार्तिक २०७४ ६:२९

म्यानचेस्टर सिटी विजयी

एजेन्सी, ५ कात्तिक । इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । सिटीले बर्नलेलाई ३–० को गोल अन्तरले हराएको हो ।
सिटीका लागि सर्जियो अगुएरो, ओटामेन्डी र सानेले एक–एक गोल गरे ।
इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा पाँच अंकले अगाडि रहँदै शीर्ष स्थानमा रहेको छ ।
त्यस्तै हिजो नै भएका इंग्लिस प्रिमियर लिग अन्तर्गतका अन्य खेलमा चेल्सीले वाटफोर्डलाई ४–२, न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई १–०, बाउर्नमाउथले स्टोक सिटीलाई २–१ र लेस्टर सिटीले स्वान्सीलाई २–१ को गोल अन्तरले हराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *