बार्सिलोनामा लाखाैँ प्रदर्शनकारी सडकमा उत्रिए

भक्तपुर न्यूज

५ कार्तिक २०७४ ६:११

बार्सिलोनामा लाखाैँ प्रदर्शनकारी सडकमा उत्रिए

एजेन्सी, ५ कात्तिक । स्पेन सरकारको क्षेत्रीय प्रशासनलाई निलम्बन गर्ने निर्णयलाई ’कू’ को रुपमा व्याख्या गर्दै क्याटलोनियाका नेताहरुले त्यसको निन्दा गरेका छन् । क्याटलान नेता कार्लस पुजमोनले स्पेनी राज्यले कू गरेको भन्दै क्याटलोनियाको अधिकारबारे लड्नका लागि अपिल गरेका छन् ।
टेलिभिजनमार्फत गरिएको सम्बोधनमा पुजमोनले स्पेनी प्रधानमन्त्री मारिआनो राखोयको कदमलाई स्पेनका अधिनायकवादी शासक जेनेरल फ्रान्सिस्को फ्र्याङ्को कदमसँग दाँजे । उनले क्याटलोनिया एउटा पुरानो युरोपेली राष्ट्र भएको र शान्तिपूर्ण र प्रजातान्त्रिक जनमतसंग्रहबाट आफ्नो भविष्यबारे निर्णय गर्नु अपराध नभएको बताएको बिबिसीले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री राखोयले क्षेत्रीय सरकार र संसदलाई निलम्बन गर्ने र ताजा चुनाव गराउने आफ्ना योजना घोषणा गरेपछि राजधानी बार्सिलोनामा लाखौं मानिसहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । उनले स्वायत्ततालाई खत्तम गरेको नभइ कानुनी शासनलाई पुनस्थापित गरेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *