बाम गठबन्धन राणा शासनको पुनरावृत्ति : प्रधानमन्त्री देउवा
भक्तपुर, ३ कार्तिक । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले कम्युनिष्टहरुका कारण प्रजातन्त्र र लोकतन्त खतरामा परेको बताएका छन् ।
नेपाली काँग्रेस भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जयनेपाल भक्तपुर स्मारिकाको लोर्कापण कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुका कारण प्रजातन्त्र र लोकतन्त खतरा परेको अवस्थाको अन्त्यका लागि काँग्रेस एक भएर आगामी निर्वाचनमा जानु पर्ने उनले बताए ।
लोकतन्त्र, प्रजातन्त्र र जनताका अधिकारलाई सक्ने बामएकताले अधिनायकवाद ल्याएर राणा शासनभन्दा कडा डरत्रासको शासन चलाउने उहाँले बताउनु भयो । यस्तो सोचको अन्त्य गर्न काँग्रेस एक ढिक्का भएर अघि बढे कसैको केही नचल्ने उनले बताए ।
काँग्रेसका नेता तथा पूर्व मन्त्री रमेश लेखकले एमाले र माओवादी केन्द्रको एकता भन्नु सत्ता कब्जा मात्र भएको बताए । बाम एकताले देशको राष्ट्रिय मुद्दालाई सम्बोधन गर्दैन भन्दै उनले दुई पार्टीको मिलन निर्वाचनमा मिलेर जाने अनि ठूलो पार्टी भएर सत्ता कब्जा गर्नु बाहेक अरु केही नभएको आरोप लगाए ।
सहभागी अन्य नेताहरुले आगामी निर्वाचनमा नेपाली काँग्रेस एक ढिक्का भएर अघि बढे बिजय निश्चित रहेको बताएको उक्त कार्यक्रमको सभापतित्व नेपाली काँग्रेस भक्तपुर जिल्लाका जिल्ला सभापति दुर्लभ थापाले गरेका थिए ।