चुनाव सफल बनाउन सबै पक्ष लाग्नुपर्ने : सञ्चार मन्त्री बस्नेत

भक्तपुर न्यूज

१ कार्तिक २०७४ ७:४६

चुनाव सफल बनाउन सबै पक्ष लाग्नुपर्ने : सञ्चार मन्त्री बस्नेत

भक्तपुर, १ कार्तिक । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दलिय स्वार्थ भन्दा माथि उठेर राष्ट्रका लागि सोच्ने बेला आएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ भक्तपुरले आज आयोजना गरेको नेपाल पत्रकार महासंघ केन्द्रीय पदाधिकारीलाई स्वागत तथा नेपाल सम्वत, दिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सञ्चार मन्त्री बस्नेतले अब पनि राजनीतिक एजेण्डामा अल्झेर बस्ने बेला नभएकाले दलिय र व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर प्रदेश र केन्द्रको चुनाव सफल बनाउन सबै पक्ष लाग्नुपर्ने बताए ।
निर्वाचन सफल बनाउन पत्रकारहरु अझ बढी गम्भीर र संवदेशनशील भएर काम गर्नुपर्ने उनको भनाइ थियो । पत्रकारिता स्वच्छ, निष्पक्ष र तटस्थ हुनुपर्नेमा जोड दिँदै उनले पत्रकारका समस्या समाधान गर्न आफू तयार रहेको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप थापामगर, महासचिव रमेश विष्ट, नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्कर बुढाथोकी लगायतले पत्रकारहरुका समस्याका बारेमा बोलेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय