दुवै चरणको मतगणना एकै चोटी हुने : आयोग

भक्तपुर न्यूज

१ कार्तिक २०७४ ६:३१

दुवै चरणको मतगणना एकै चोटी हुने : आयोग

काठमाडौं, १ कार्तिक । दुई चरणको प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनको परिणाम एकै चोटी गणना हुने निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र पहिलो चरणको मतगणना सुरु हुने आयोगले जनाएको छ ।
१० मंसिरमा ३१ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तालिका छ । २१ मंसिरमा थप ४६ जिल्लामा मतदान हुनेछ । ७७ वटै जिल्लामा निर्वाचन सकिएपछि मात्र एकसाथ मतगणना थाल्ने तयारी आयोगले गरेको हो ।
जनशक्तिको कमि र दोस्रो चरणको चुनाव प्रभावित हुने भएकाले मतगणना एकैपटक गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
यसअघि स्थानीय तहको निर्वाचनमा भने मतदान सकिएलगत्तै मतगणना सुरु भएको थियो ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा चुनाव सार्नेबारे कुनै सूचना नआएको र त्यस्तो विषय कतै प्रवाहसमेत नभएको प्रस्ट पारेको छ ।
सरकारले चुनाव सार्ने तयारी गरिरहेको सूचना आयोगबाट पाएको भन्दै सत्ता नछाडेका माओवादी केन्द्रका मन्त्रीहरूको दाबीलाई आयोगले अस्वीकार गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *