कमल थापालाई ऊर्जासहित राप्रपालाई मन्त्रालय बाँडफाँट
काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्रीका रुपमा भित्र्याएका कमल थापालाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिनुका साथै राप्रपाबाट आएका अन्य मन्त्रीको पनि मन्त्रालय बाँडफाँट गरिएको छ।
देउवाले संसदको अन्त्य हुनुअघि राप्रपाका आठ जनालाई मन्त्रिपरिषदमा भित्र्याएका थिए।मन्त्रालय बाँडफाँट क्रममा जयन्त चन्दले आपूर्ति, दिलनाथ गिरीले सहरी विकास र बिक्रमबहादुर थापाले महिला, बालबालिका तथा समाज कल्याणको जिम्मा पाएका छन्।
राज्यमन्त्रीतर्फ कुन्तीकुमारी शाहीले सहरी विकास, सुशीलकुमार श्रेष्ठले आपूर्ति, भाष्कर भद्राले ऊर्जा र कान्ता भट्टराईले महिला, बालबालिका तथा समाज कल्याणको जिम्मेवारी पाएका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
