नेपाल फिफा वरियतामा एक स्थान तल झर्यो
काठमाडौं, ३० असोज । फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेर १ सय ७६ औँ स्थानमा पुगेको छ ।
यसअघि नेपाल १ सय ७५ औँ स्थानमा थियो । दक्षिण एसियामा भारत १०५ औँ स्थानमा छ । त्यसैगरी अफगानिस्तान १ सय ५४ औँ स्थानमा, माल्दिभ्स १ सय ५६ औँ, भुटान १ सय ९० औँ र बङ्गलादेश १ सय ९६ औँ स्थानमा छ । यस्तै श्रीलंका १ सय ९८ औँ र पाकिस्तान २ सय १ औँ स्थानमा छन् ।
विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा छ । ब्राजिल दोश्रो र पोर्चुगल तेस्रो स्थानमा छन् । यसैगरी चौथोमा अर्जेन्टिना, पाँचौंमा बेल्जियम, छैठौंमा पोल्याण्ड, सातौंमा फ्रान्स, आठौंमा स्पेन, नवौंमा चिली र दशौंमा पेरु रहेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७
पनौतीको १४२१ वर्ष पुरानो हिले जात्रा सुरु
२७ जेठ २०८२ १४:४६
मनसुन ब्रेक : अझै केही दिन फैलिने सम्भावना देखिँदैन
२७ जेठ २०८२ १४:४८