बढ्यो सुनको मूल्य, चाँदी स्थिर
भक्तपुर, २९ असोज । आज सुनको मूल्य २ सयले बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रतितोला ५६ हजार ५ सय रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले बढेर ५६ हजार ७ सय रुपैयाँले कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार शुक्रबार ७ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ७५ रुपैयाँमै कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
