रियल मड्रिड दोस्रो स्थानमा उक्लियो

भक्तपुर न्यूज

२९ असोज २०७४ ४:५७

रियल मड्रिड दोस्रो स्थानमा उक्लियो

एजेन्सी, २९ असोज । स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रियल मड्रिडले गेटाफेलाई २–१ ले हराएको हो ।
अवे मैदानमा भएको खेलमा रियल मड्रिडलाई जिताउन करिम बेन्जिमा र क्रिष्टियानो रोनाल्डोले गोल गरे । गेटाफेका लागि मोलिनाले एक गोल फर्काए ।
जितपछि ८ खेलबाट १७ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको बार्सिलोनाको पाँच अंक बढी २२ अंक भएको छ । १६ अंक रहेको एथ्लेटिको मड्रिड तेस्रो स्थानमा छ ।
राति नै भएको खेलमा एथ्लेटिको बिल्बाओसँग १–० ले पराजित भएको सेभिल्ला भने चौथो स्थानमा झरेको छ । उसको ८ खेलबाट १६ अंक भएको छ । अर्को खेलमा रियल सोसिडाडले एलाभेसलाई २–० ले हरायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *