मन्त्रिपरिषद विस्तार विवादमा

भक्तपुर न्यूज

२८ असोज २०७४ ३:४६

मन्त्रिपरिषद विस्तार विवादमा

काठमाडौं, २८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज गर्ने भनिएको मन्त्रिपरिषद विस्तार विवादमा परेको छ । देउवाको निर्णयमा राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्श गर्ने भनेपछि विवाद देखिएको हो ।

देउवाले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित सो पार्टीका ८ जनालाई मन्त्रिपरिषदमा समावेश गर्न शुक्रबार राष्ट्रपति समक्ष सिफारिस गरेका थिए । प्रधानमन्त्रीको सो सिफारिसमा राष्ट्रपतिले कानुनविद् र निर्वाचन आयोगसंग परामर्श गर्ने निर्णय गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको आचारसंहिता जारी भएको स्थितिमा मन्त्रिमण्डल विस्तारबारे निर्वाचन आयोगका प्रमुख आयुक्त, आयुक्तहरु र कानूनविज्ञसँग छलफल गरेर शपथ ग्रहणबारे राष्ट्रपतिले निर्णय गर्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । आचारसंहिता जारी भएकै अवस्थामा प्रधानमन्त्री देउवाले यसअघि गर्नुभएको मन्त्रिमण्डलको विस्तारलाई आचारसंहिता विपरीत भएको आयोगले जनाएको थियो ।

प्रधानमन्त्रीले थापासहित जयन्त चन्द, दिलनाथ गिरी, विक्रम थापालाई विनाविभागीय मन्त्रीमा नियुक्त गर्न र कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई राज्यमन्त्रीमा नियुक्त गर्न सिफारिस गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय