फेला पर्‍यो समयअगावै उत्पादन भएको बोतलको पानी

भक्तपुर न्यूज

२७ असोज २०७४ ४:३२

फेला पर्‍यो समयअगावै उत्पादन भएको बोतलको पानी

ताप्लेजुङ, २७ असोज । ताप्लेजुङमा उत्पादन भएको मिति भन्दा पछिको मिति राखेका मिनरल वाटरहरु (बोतलको पानी) फेला परेका छन् । हिजो बजार अनुगमनका क्रममा एचएमएन फुड एण्ड बेभिरेज इन्डस्ट्रिज बिर्तामोड झापाद्वारा उत्पादित तृष्णा नाम गरेको पिउने पानीका उत्पादन मिति सन् २०१८ जनवरी उल्लेख भएको भेटिएको हो ।
पिउने पानीको बोतलमा उल्लेख गरिएको उत्पादन मिति आउन अझै ३ महिना बाँकी रहेको फेला परेपछि जिल्ला प्रशासन कार्यालयले अनुसन्धान सुरु गरेको छ । उत्पादन मिति सन् २०१८ जनवरी महिना उल्लेख गरिएको पानीको बोतलमा प्रयोग अवधि भने ६ महिनाको उल्लेख छ ।
अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी भगिमान मादेनले म्याद गुज्रेका अन्य अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरिएको र मिति नै फरक पर्ने गरी बजारमा आएको पानीका बोतल जफत गरी अनुसन्धान थालिएको बताए । उनले यस्तो त्रुटि भएको उपभोग्य वस्तु पहिलोपटक फेला परेको समेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *