प्रजातन्त्र बलियो भएमात्र मुलुक समृद्ध हुन्छ : सिंह
काठमाण्डौ, २४ असोज । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रजातन्त्र बलियो भएमात्र मुलुक समृद्ध हुने बताएका छन् ।
गैरआवसीय नेपाली संघ (एनआरएन)को अन्तरराष्ट्रिय सम्मेलन नजिकिदै जादा आज आफ्नै निवास ठमेलस्थित चाक्सीबारीमा आयोजित चियापानमा नेता सिंहले प्रजातन्त्र बलियो बनाउन एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले नेपालबाट विभिन्न मुलुकमा गएर बसेका नेपालीहरुको समस्या समाधानका लागि एनआरएनले गरेको सहयोगको प्रशंसा गरे । नेता सिंहले भूकम्पको समय होस् वा बाढीपहिरोको समयमा होस् एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै देश विकासमा पनि योगदान पु¥याएको बताए।
नेता सिंहले निर्वाचनको माध्यमबाट नेतृत्व चयन गर्ने प्रजातान्त्रिक प्रक्रियाबाट एनआरएन चलेको भन्दै अधिवेशन सफलताको कामना व्यक्त गरे ।
उनले दलहरू सबै निर्वाचनको तयारीमा जुटिसकेका बेला सरकारले तोकिएको मिति हेरफेर गर्न नमिल्ने तर्क पनि गरे।
कार्यक्रममा काग्रेसका केन्द्रीय सदस्य, सांसद, भातृ संस्थाका प्रतिनिधिका साथै एनआरएनको सम्मेलनमा भाग लिन विभिन्न देशबाट आएका प्रतिनिधिको सहभागिता थियो ।