आइसल्याण्ड पहिलोपटक विश्वकपमा
एजेन्सी, २४ असोज । आइसल्याण्डले पहिलो पल्ट विश्वकप फुटबल खेल्न भएको छ । युरोपियन क्षेत्रको समूह ‘आई’ मा रहेको आइसल्याण्डले छनौट चरणको अन्तिम खेलमा गएराति कोसोभोलाई २–० ले हराउँदै आगामी वर्ष रुसमा हुने विश्वकप फुटबल खेल्न लागेको हो । यो सँगै आइसल्याण्ड विश्वकपमा छनौट हुने अहिलेसम्मकै सबैभन्दा सानो देश बनेको छ ।
आइसल्याण्डको जितमा ४० औं मिनेटमा गिल्फी सिगुडसन र ६८ औं मिनेटमा योहान गुडमन्डसनले गोल गरे ।आइसल्याण्डले छनौट चरणका १० मध्ये ७ खेल जितेको छ । यस्तै समूह ‘आई’ अन्तर्गत राति नै भएको खेलमा युक्रेनलाई २–० ले हराएको क्रोएसियाले प्ले–अफमा स्थान बनाएको छ । अर्को खेलमा टर्की र फिनल्याण्डले २–२ को बराबरी खेले ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६