फेसबुकमा अरु केटाहरुसँग कुरा गर्दा…………….

भक्तपुर न्यूज

२२ असोज २०७४ ६:४२

फेसबुकमा अरु केटाहरुसँग कुरा गर्दा…………….

एजेन्सी, २२ असोज । भारतको हैदरावादकी १९ वर्षीया युवतीको फेसबुकमा अरु केटाहरुसँग कुरा गरेको कारण ज्यान गएको छ । दुई महिना पहिले आफूसँग इंगेजमेन्ट भइसकेकी आर सौम्या नामकी प्रेमिकाले अरु केटाहरुसँग फेसबुकमा कुरा गरेको रिसमा प्रेमी कृष्णाले उनको हत्या गरिदिएका हुन् ।
यी दुईबीच लामो प्रेम सम्बन्ध रहेकोमा दुई महिनाअघि इंगेजमेन्ट भएको थियो । कृष्णालाई सौम्या सामाजिक संजालमा धेरै सक्रिय भएको अरु केटाहरुसँग कुरा गरेको पटक्कै मन पर्दैनथ्यो । विस्तारै यो विवाद ठूलै झगडामा परिणत भएको थियो ।
यही झगडाको क्रममा कृष्णाले सौम्याको हत्या गरेका हुन् । हत्या गरेपछि उनले लाशलाई बोरामा हालेर पोखरीमा फलिदिएका छन् । हत्यापछि कृष्णाले आफैं प्रहरीमा आत्मसमर्पण गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *