विश्व विजेता जर्मनी विश्व कपमा छनोट

भक्तपुर न्यूज

२० असोज २०७४ ५:३२

विश्व विजेता जर्मनी विश्व कपमा छनोट

एजेन्सी, २० असोज । विश्व विजेता जर्मनी अर्को वर्ष रसियामा हुने विश्वकप फुटबलमा छनोट भएको छ । जर्मनी १ खेल बाँकी हुँदै २०१८ को विश्व कपमा छनोट भएको हो ।
गएराति भएको खेलमा जर्मनीले नर्दन आयरल्याण्डलाई ३–१ ले पराजित गर्यो । जर्मनीका लागि सेबास्टियन रुडी, सान्द्रो वाग्नर र जोशुआ किम्मिचले एक–एक गोल गरे । नर्दन आयरल्याण्डका लागि जोश मागेन्निसले गोल गरे ।
समूह ‘सी’ मा रहेको जर्मनीले ९ खेलबाट २७ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको नर्दन आयरल्याण्ड समान ९ खेलबाट १९ अंक छ । नर्दन आयरल्याण्डको विश्वकपमा छनौट हुने सम्भावना कायमै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *