विश्व बैंकले करिब ६ अर्ब ऋण दिने
काठमाडौँ, १७ असोज । विश्व बैंकले दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालीम परियोजना कार्यान्वयन गर्न नेपाललाई करिब रु छ अर्ब ऋण उपलब्ध गराउने भएको छ । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा सुधार गर्दै न्यायोचित पहुँच प्रवद्र्धन गर्न बैंकले उक्त ऋण आज स्वीकृत गरेको हो ।
नेपालको श्रम बजारमा वर्षेनी चार लाख ५० हजारदेखि पाँच लाख युवाले प्रवेश गर्ने गरेका तथा तीमध्ये अधिक सीप र शिक्षाविहीन हुने गरेकाले उक्त तालीम श्रम बजार र युवाबीच मध्यस्थ बन्न सक्ने विश्वास उक्त बैंकले व्यक्त गरेको छ ।
श्रम बजारमा आउने ती युवा स्वदेशमा भन्दा वैदेशिक रोजगारीमा जाने गरेका छन् । बेरोजगारी र अनौपचारिक रोजगारीको अन्त्य तथा सीपयुक्त शिक्षाको प्रवद्र्धनमा उक्त ऋण सहायता नेपालका निम्ति फलदायी हुने बैंकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८