लिभरपुलद्वारा लेस्टरमाथि ३–२ को जित

भक्तपुर न्यूज

१३ असोज २०७४ ९:५७

लिभरपुलद्वारा लेस्टरमाथि ३–२ को जित

एजेन्सी १३ असोज । फिलिप कोटिन्होको उत्कृष्ट गोल तथा गोलकिपर सिमोन मिग्नोलेटको पेनाल्टी बचाऊपछि लिभरपुलले लेस्टर सिटीमाथि महत्वपूर्ण जीत दर्ता गरेको छ। यसअघि ५ खेलबाट ८ अंक मात्र जोडेको लिभरपुलका लागि कोटिन्होले २३ मिनेटमा उत्कृष्ट फ्रिकिक गोल गरे। उनको सिजनको पहिलो गोल थियो। यसअघि १५ मिनेटमा उनले मोहम्मद सालहलाई गोलको अवसर पनि जुर्याइदिएका थिए। सालहले हेडिङमार्फत गोल गरेका थिए। अर्को गोल जोर्डन हेन्डरसनको नाममा रहयो। उनले ६८ मिनेटमा गोल गरे।

घरेलु टोलीले खेलमा फर्किन दुई पल्ट प्रयास गरेको थियो, जब पहिलो हाफको इन्जुरी समयमा सिन्जी ओकाजाकी र जामिई भार्डेले ६९ मिनेटमा गोल गरेका थिए । भार्डेले लिभरपुलका गोलकिपरले आफूलाई डिबक्स भित्र लडाएबापत ७३ मिनेटमा पेनाल्टीको पनि अवसर पाएका थिए। तर, उनको कडा प्रहार सिमोनले रोकेपछि घरेलु टोली खेललाई बराबरीमा राख्ने अवसरबाट चुकेको थियो। लेस्टर हाल ६ खेलमा ४ अंक मात्र जोडेर १६ औं स्थानमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *