भारतको लगातार तेस्रो जित

भक्तपुर न्यूज

१३ असोज २०७४ ९:५२

भारतको लगातार तेस्रो जित

एजेन्सी १३ असोज । भारतले लगातार तेस्रो खेल जित्दै अस्ट्रेलियासँग ५ एक दिवसीय श्रृखला कब्जा जमाएको छ। आइतबार अष्ट्रेलियालाई ५ विकेटले हराएको भारतले पाँच एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिएको छ ।

२ सय ९४ रनको लक्ष्य पछ्याएको भारतका लागि रोहित शर्मा र अजिन्के रहानेले राम्रो सुरूआत गरेपछि ५ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा सकिनु १३ बलअघि नै भारतीय टोलीले जित हासिल गरेको थियो ।यो सँगै भारतीय कप्तान विराट कोहलीले लगातार ९ खेल जित्ने पूर्व कप्तान महेन्द्र सिंह धोनीको कीर्तिमानलाई बराबरी गरेका छन्। धोनीको कप्तानीमा सन् २००८ फेब्रुअरी देखि २००९ को जनवरी सम्म लगातार नौं खेल जिताएका थिए। कोहलीले भने यहि वर्षको जुलाईयता टोलीलाई यो सफलता दिलाएका हुन् ।

त्यसअघि स्टिभ स्थिमले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका थिए। ओपनर आरोन फिन्चको शतक र कप्तान स्थिमको अर्थशतकको मद्दतमा अस्ट्रेलियाले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ९३ रन बनाएको थियो ।फिन्चले १ सय २५ बलमा १२ चौका र ५ छक्काको मद्दतमा १ सय २४ रन बनाएका थिए । स्थिमले ७१ बलमा ५ चौकासहित ६३ रन बनाए । डेभिड वार्नले ४२ र मार्कुस स्टोनिसले २७ रन बनाएका थिए । भारतका लागि जस्प्रित बुम्राह, कलुदीप यादवले समान २ तथा हार्दिक पाण्डेय र युजवेन्द्र चाहालले समान १ विकेट लिए ।

जवाफमा भारतले तीन खेलाडीको अर्धशतकको मद्दतमा १३ बलअघि ५ विकेटको क्षतिमा आवश्यक रन जोडेका थिए । रहानेले ७० र शर्माले ७१ रन भने पाण्डेयले सर्वाधिक ७८ रन जोडे । रहानेले ७६ बलमा ९ चौका, शर्माले ६२ बलमा ६ चौका र ४ चौका प्रहार गरे ।त्यस्तै पाण्डेयले ७१ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । कप्तान कोहलीले २८ रन बनाए । मनीष पाण्डे ३६ र धोनी ३ रनमा अविजित रहँदा भारतले जित हासिल गरेको थियो । पाट कुमिन्सले अस्ट्रेलियाका लागि २ विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *