दसैँको बिदामा पनि बैंक खुल्ने

भक्तपुर न्यूज

११ असोज २०७४ ६:१७

दसैँको बिदामा पनि बैंक खुल्ने

काठमाडौं, ११ असोज । राष्ट्र बैंकले दसैँको बिदाका दिनमा पनि बैंक तथा वित्तीय संस्था खुला गर्न निर्देशन दिएपछि दसैँको बिदामा पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् ।
राष्ट्र बैंकको निर्देशन अनुसार बैंक बिहीबार घटस्थापनाको दिन पनि खुलेका थिए । ११ गते फूलपाती, १२ गते महाष्टमी, १५ गते एकादशी र १६ गते द्वादशीका दिन पनि बैंकहरु खुल्नेछन् । तर १३ गते महानवमी र १४ गते विजयादशीको दिन भने बैंक तथा वित्तीय संस्था बन्द हुने राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *