देशकै नमूना बन्दै भैरवी आधारभूत विद्यालय

भक्तपुर न्यूज

३ असोज २०७४ ५:४५

देशकै नमूना बन्दै भैरवी आधारभूत विद्यालय

भक्तपुर, असोज ३ गते । भैरवी आधारभूत विद्यालयमा विद्यार्थी र स्थानीय समुदायको आकर्षण बढ्दै गएकोे छ । अष्टाङ्ग फाउन्डेशनको प्रत्यक्ष निगरानीमा विद्यालयको व्यवस्थापनमा व्यापक सुधार भएपछि स्थानीय समुदायको विद्यालयप्रति आकर्षण बढेको हो ।
विद्यालयमा आयोजित शुभकामना आदनाप्रदान कार्यक्रममा सरोकारवालाहरुले भैरवी आधारभूत विद्यालय नमूना विद्यालयको रुपमा स्थापित हुने दाबी गरेका छन् ।
विद्यालयप्रति स्थानीय समुदाय, निर्वाचित जनप्रतिनिधि र बुद्धिजिवीहरुको प्रत्यक्ष साथ र सहयोग भएकाले विद्यालय नमूना बनाउन समय नलाग्ने दाबी उनीहरुको रहेको छ ।
कार्यक्रममा पूर्व उद्योगमन्त्री महेश बस्नेतले विद्यालयमा कार्यरत शिक्षकहरुमा उत्साह र विद्यार्थीमा नयाँ आशा भएकाले आगामी दिनमा विद्यालयले गुणस्तरी शिक्षा प्रदान गर्ने अपेक्षा व्यक्त गरे । विद्यालयलाई सबै पक्षको साथ र सहयोग भएपछि नमूना विद्यालय बनाउन समय नलाग्ने भन्दै उनले त्यसका लागि आफ्नोतर्फबाट सबै प्रकाको सहयोग हुने विश्वास दिलाए ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले विद्यालयको स्पष्ट कार्ययोजना र खाकासहित विद्यालय अगाडि आए विद्यालयलाई सबै क्षेत्रबाट सहयोग पुग्ने बताए ।
सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले गौरवपूर्ण इतिहास धरासाही बर्तमन र अनिश्चित भविष्य भएका बेला जनप्रतिनिधिको पहलमा भैरवी स्कूलको सुधारान्मूख अवस्थामा हुँदै गएको बताए । उनले विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न थालिसकेकाले सबै अभिभावकलाई विद्यालयमा आफ्ना नानीबाबु भर्ना गर्न आग्रह गरे ।
विद्यालयले भौतिक, शैक्षिक लगायतको व्यवस्थापन पक्ष सुधार गर्दै गएकाले अब विद्यालयले गुणस्तरी शिक्षा दिनेमा दुईमत नभएको उनको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेतले आफू विद्यालयको प्रधानाध्यापक भएपछिको सुधारको कार्ययोजना प्रस्तुत गर्दै आगामी शैक्षिक सत्रमा विद्यालयको शैक्षिक गुणस्तर उचाइमा पु¥याउने विश्वास दिलाए । अहिले विद्यालयमा निर्वाचित जनप्रतिनिधि, अभिभावक, बुद्धिजीवी, नागरिक समाजका अगुवा सबैको साथ र सहयोग रहेको भन्दै आगामी दिनमा पनि उहाँहरुको साथ निरन्तर रहीरहने अपेक्षा व्यक्त गरे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ग्लोबल कलेजका प्रिन्सिपल शिवराज ओझा, विद्यालयका स्रोत व्यक्ति लक्ष्मी पाण्डे लगायतले विद्यालको गुणस्तरीयता बृद्धि गर्दै जानुपर्नेमा जोड दिए । सो अवसरमा विद्यालयले २५ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको थियो । २०३६ सालमा स्थापित यस विद्यालयमा कक्षा ८ सम्म सञ्चालन भइरहेको छ । आगामी दिनमा कक्षा अपग्रेड गर्दै जाने विद्यालयको तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *