हवाई आक्रमणमा परि यमनमा २० हुथी विद्रोही मारिए
एजेन्सी, १ असोज । साउदी अरब नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा परि यमनका कम्तीमा २० जना हुथी विद्रोही लडाकूहरुको मृत्यु भएको छ ।
यमनको दक्षिणपश्चिमी शहर मेदीमा गत चौविस घन्टामा भएको कारबाहीमा परि उनीहरुको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
सरकारी पक्षबाट हिजो जारी वक्तव्यमा अरु १० जना विद्रोही लडाकू घाइते भएको उल्लेख गरिएको छ । गठबन्धन सेनाले शहरको रेड सी क्षेत्रमा विषेश चासोका साथ कारबाही प्रक्रिया अगाडि बढाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७