काँग्रेसले सोच र संगठनमा परिवर्तन गर्नुपर्छ : नेता सिंह

भक्तपुर न्यूज

१ असोज २०७४ ९:११

काँग्रेसले सोच र संगठनमा परिवर्तन गर्नुपर्छ : नेता सिंह

भक्तपुर, १ असोज । नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले काँग्रेसले अब संगठन तथा सोचमा परिवर्तन गर्नु पर्ने बताएका छन् ।
सर्वमान्य नेता वीर गणेशमान सिंहको २० औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं. १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले समयको मागअनुसार काँग्रेसमा परिवर्तन गर्नु पर्ने भन्दै समाज, युवा, महिलाहरुको चाहाना अनुसार पार्टी चल्न नसके काँग्रेसले जनताको मत लिन नसक्ने बताए ।
उनले पार्टीको महाधिवेशन सकिएको दुई वर्ष वितिसक्दा पनि पार्टीले पूर्णता पाउन नसकेको भन्दै चाँडो भन्दा चाँडो उपसभापतिलगायतका कार्यसमिति पूर्णता तथा विभिन्न विभागहरु गठन गर्नु पर्नेमा जोड दिए ।
कांग्रेस भित्र नवप्रवेशीहरुले टिकट पाउँने प्रचलनले गर्दा पनि पार्टी भित्र समस्या भएको नेता सिंहले बताउँदै क्रियाशिल सदस्य लिन पाएको छैन उसलाई अनिवार्य टिकट दिने प्रचलन पार्टी भित्र समस्या भएको बताए ।
उनले पार्टीले गणेशमान सिंहको बिचार र सिद्धान्तलाई बिर्सिदै गएको बताए ।
पूर्व उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले कांग्रेसको नेतृत्वमा संविधान जारी भयो, अब प्रदेश तथा केन्द्रको निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न भएपश्चात् संविधानको कार्यान्वयन पनि हुने बताए ।
नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति जिवन खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई साँसद रामेश्वर ढुङ्गेल, पूर्व सांसद लेखनाथ न्यौपाने, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालगायतले वीर गणेशमान सिंहको योगदान माथि चर्चा गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *