म्यानमारकी नेतृ सू ची राष्ट्रसंघ नजाने

भक्तपुर न्यूज

२८ भदौ २०७४ ७:१०

म्यानमारकी नेतृ सू ची राष्ट्रसंघ नजाने

एजेन्सी, २८ भदौ । म्यानमारकी नेतृ आङ सान सू ची न्यू योर्कमा हुन लागेको संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुन नजाने भएकी छिन् । बिबिसीले उनका एक प्रवक्तालाई उद्धृत गर्दै लेखे अनुसार सूची न्यूयोर्क नजाने भएकी हुन् ।
सू चीले म्यानमारमा तीन लाख भन्दा बढी रोहिंज्याहरु देश छोडेर भाग्नुपर्ने गरी ठूलो हिंसा मच्चिइरहेका बेला आफू अमेरिका नजाने सूचना प्रवक्ता मार्फत् सार्वजनिक गरेकी हुन् । सूचीले हिंसाविरुद्ध बोल्न नसकेको आरोप पश्चिममा रहेका उनका समर्थकहरुबाट बेहोरिरहेकी छन् । आलोचकहरुले सू चीलाई दिइएको नोबेल शान्ति पुरस्कार फिर्ता लिइनुपर्ने बताइरहेका छन् ।
सू ची आलोचनाबाट नडराएको तर उनीसँग शायद अरु नै महत्वपूर्ण काम रहेको उनका प्रवक्ताले बताए । सू चीले गत वर्ष राष्ट्र संघलाई सम्बोधन गरेकी थिइन् ।
राष्ट्र संघले म्यानमार सरकारले रखाइन राज्यमा जातीय सफाया गरिरहेको आरोप लगाएको छ । तर राष्ट्र संघका लागि म्यानमारका राजदूतले रखाइन राज्यको हिंसाका लागि रोहिंज्या विद्रोहीहरु जिम्मेवार रहेको आरोप लगाएका छन् ।
बौद्धमार्गी बहुल रखाइन राज्यमा रहेका राज्य बिहीन रोहिंज्या मुस्लिमहरुले लामो समयदेखि समस्या भोग्दै आएका छन् । म्यानमारले रोहिंज्याहरुलाई गैर कानुनी आप्रवासी भन्छ । बुधबार बस्ने राष्ट्र संघीय सुरक्षा परिषदको बैठकमा रोहिंज्याबारे छलफल हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *