चेल्सीको सानदार जित
एजेन्सी, २८ भदौ । इङ्लिस् टोली चेल्सीले प्रभावशाली जीत दर्ता गर्दै उत्कृष्ट सुरूवात गरेको छ । च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले काराबागलाई आफ्नै घरेलु मैदानमा ६–० ले हराएर उत्कृष्ट सुरूवात गरेको हो ।
चेल्सीका लागि टेमो बाट्सुवायीले दुई गोल तथा पेड्रो, डेभिड जापाकोस्टा, सेजार एज्पिलिक्वेटाले एक एक गोल गरे । खेलको ८२ औँ मिनेटमा काराबागका खेलाडी मेडभेडेभले आत्मघाती गोल गरे । जितसँगै चेल्सी समूह ‘सी’ को अग्रस्थानमा उक्लेको छ ।
अन्य खेलमा म्यानचेस्टर युनाइटेडले बास्लेलाई ३–० ले पाखा लगाउँदा एटलेटिको मड्रिड रोमासँग गोलरहित बराबरी खेल्यो । स्पोर्टिङले ओलम्पियाकोसलाई ३–२ ले, सिएसकेए मस्कोले बेनिफिकालाई २–१ ले र बायर्न म्युनिखले एन्डरलेच्तलाई ३–० ले पराजित गर्यो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२४ जेठ २०८२ ७:२९