रुपान्तरित संसद कात्तिक ४ गते विघटन हुने

भक्तपुर न्यूज

२७ भदौ २०७४ ५:५९

रुपान्तरित संसद कात्तिक ४ गते विघटन हुने

काठमाडौ, २७ भदौ । प्रतिनिधिसभा र प्रदेशसभामो चुनावी कार्यतालिका सार्वजनिक भएसँगै अहिलेको रुपान्तरित संसद कात्तिक ४ गते स्वत विघटन हुने भएको छ ।
निर्वाचन आयोगले सोमबार पहिलो चरणको चुनावका लागि कात्तिक ५ गते मनोनयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेसँगै संविधानको धारा २९६ (१) अनुसार संसद कात्तिक ४ गते स्वत विघटन हुने भएको हो । धारा २९६ अनुसार संविधानसभा संविधान जारीपछि स्वत व्यवस्थापिका संसदमा रुपान्तरण हुने र त्यसको आयु २०७४ साल माघ ७ गतेसम्म व्यवस्था गरेको छ । तर त्यसभन्दा पहिल्यै प्रतिनिधिसभाको चुनाव हुने भएमा मनोनयनको अघिल्लो दिनसम्म व्यवस्थापिका–संसद कायम रहनेछ व्यवस्था छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको महासभामा जानुअघि संसद विघठन गरेर जाने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
कात्तिक ५ गते आयोगले पहिलो चरणको चुनावका लागि मनोनयन गर्ने मिति तोकेसँगै रुपान्तरित संसदको आयु सकिने लागेको हो । प्रत्यक्षतर्फ मंसिर १० गते हुने पहिलो चरणको चुनावका लागि कात्तिक ५ गते दोस्रो चरणमा मंसिर २१ गते हुने चुनावका लागि कात्तिक १६ गते मनोनय दर्ता हुने आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *