बार्सिलोनाले स्पानियोललाई ५–० ले हरायो
एजेन्सी, २५ भदौ । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा बार्सिलोनाले विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ५–० ले हराएर विजयी यात्रा कायम राखेको हो ।
बार्सिलोनाको जितमा मेस्सीले २६, ३५ र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यस्तै ८७ औं मिनेटमा जेराड पिके तथा ९० औं मिनेटमा लुइस स्वारेजले गोल गरे ।
जितपछि शीर्ष स्थानको बार्सिलोनाको ३ खेलबाट ९ अंक भएको छ । राति नै भएको खेलमा लेभान्टेसँग १–१ को बराबरीमा रोकिएको रियल मड्रिड तीन खेलबाट पाँच अंकसहित छैटौं स्थानमा छ । राति भएका अरु खेलमा सेभिल्लाले एइबरलाई ३–० ले हरायो भने भ्यालेन्सिया र एथ्लेटिको मड्रिडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ जेठ २०८२ १६:५८
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया
२५ जेठ २०८२ १६:५४
घरजग्गासम्बन्धी नयाँ निर्देशन एक सातामै संशोधन
२५ जेठ २०८२ १७:२७
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
२६ जेठ २०८२ ११:५२
भारतमा कोरोना संक्रमितको संख्या ६ हजार नाघ्यो, ५८ जनाको मृत्यु
२६ जेठ २०८२ ११:४८