विप्लव र नयाँ शक्तिको नेतृत्व माओवादी केन्द्रमा

भक्तपुर न्यूज

२५ भदौ २०७४ २:२५

विप्लव र नयाँ शक्तिको नेतृत्व माओवादी केन्द्रमा

भक्तपुर, २५ भदौ । नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख रामबहादुर थापा ‘बादल’ले वैचारिक धुव्रिकरण अहिलेको आवश्यकता भएको बताएका छन् ।  कार्यक्रममा माओवादी केन्द्रका नेता पासङ्ग शेर्पाले नेकपा एमाले नाम मात्रैको कम्युनिष्ट भएको र डाक्टर बाबुराम भट्टराई र नयाँ शक्ति पार्टी प्रतिगमनकारी र राजावादीको घेरमा रहेकोले मुलुकको हित गर्न नसक्ने दाबी गरेका छन् ।

भक्तपुर जिल्लामा रहेको नयाँ शक्ति पार्टी नेपाल र विप्लव नेतृत्वको नेकपाको जिल्ला पार्टी कमिटी नेकपा माओवादी केन्द्रमा विलय भएको छ । भक्तपुरको सूर्यविनायकमा आयोजित वृहत बैचारिक राजनितिक धुव्रिकण कार्यक्रममा यी दुई पार्टीका जिल्ला अध्यक्ष सहतिको समूह माओवादी केन्द्रमा समाहित भएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *