राजपाका महामन्त्रीको राजीनामा
सर्लाही २१ भदौं । स्थानीय तहको उम्मेदवार चयनमा एकलौटी भएको भन्दै राजपा महामन्त्री एवं सांसद जंगीलाल रायले पदबाट राजीनामा दिएका छन् । उनले सांसद पदबाटसमेत राजीनामा दिने बताएका छन् । सर्लाहीको कविलासी नगरपालिकामा आफूले सिफारिस गरेका व्यक्तिले टिकट नपाएपछि रायले राजीनामा दिएका हुन् ।
रायले मलंगवामा पत्रकार सम्मेलन गरि आगामी शुक्रबार बस्ने संसद् बैठकमा सांसद पदबाटसमेत राजीनामा दिने बताएका हुन् । निर्वाचित क्षेत्रमा अध्यक्ष मण्डलका नेताले हस्तक्षेप गरी आफ्ना मान्छेलाई टिकट दिएको रायले आरोप लगाए । राजपाका शीर्ष नेताले आफ्नो व्यक्तिगत स्वार्थ मात्र पूरा गरे, रायले भने, ‘जनताको हित कहिल्यै सोचेनन् । स्वार्थका लागि राजपाका केन्द्रीय नेताले मधेसमा सोझा नागरिकलाई ठगेको आरोप लगाए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
