८८ केजी सुन तस्करी गाडीमा भिआईपी चिन्हको प्रयोग
काठमाडौं २१ भदौ । ठूलो परिमाणको सुन बरामदले यती बेला नेपाली बजार तताएको छ । सुन तस्करीमा प्रयोग भएको सवारी साधानमा प्रयोग गरिएको भीआईपी चिन्हको प्रयोग गरि चेकिङ हुने स्थानमा झुक्याउन समेत सफल भएको तथ्य प्रहरीले गरेको अुनसन्धानले बाहिर ल्याएको छ ।
८८ किलो सुन फेला परेको बा १७ च ६४२७ नम्बरको गाडीको देब्रेतिर सुनको जलप लगाइएको विशेष चिह्न थियो । जसमा अंग्रेजीमा लेखिएको थियो भीआईपी । केरुङ हुँदै चिनियाँ पर्यटक ओसार्न प्रयोग हुने त्यो गाडी कुनै भीआईपीको थिएन । विशेष चिह्नको माथिल्लो भागमा कुमुट थियो भने तल्लो भागमा चिनियाँ अक्षरसँगै सानो अक्षरमा भीआईपी लेखिएको थियो ।
केरुङबाट नुवाकोटसम्म पुग्दा बाटोमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत गरेर १२ वटा नाका पार गर्नुपर्छ । त्यसपछि नुवाकोट र धादिङको विभिन्न ठाउँमा गरी दुई दर्जन ठाउँमा सुरक्षा पोस्ट छन् । तर पनि तस्करीको सवारी साधन सहजै उपत्यका भित्रन सफल हुनुले सुरक्षा अवस्थामा समेत यती बेला प्रश्न चीन्ह उब्जीएको छ । सेटिङ मिलेका नाकामा प्रहरीले सजिलै पहिचान गरुन् र सेटिङ नमिलेका प्रहरीले भीआईपी सवारी गाडी भनेर चेक फितलो बनाऊन् भन्ने उद्देश्यले भीआईपी चिह्न प्रयोग गरेको हुन सकने प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।