बजेट कृषि र पशु क्षेत्रको, खर्च सडकदेखि विद्यालयसम्म
काठमाडौं, २० भदौ । कृषि र पशु क्षेत्रमा बिनियोजन हुने बजेट अरु नै क्षेत्रमा प्रयोग हुने गरेको पाइएको छ । आर्थिक बर्ष २०७४र०७५ मा ९ अर्ब ६८ करोड रकम विनियोजन भएमध्ये पशु सेवा विभागले स्थानीय निकायमा ३ अर्ब ४१ करोड रकम विनियोजन गरेर पठाइसकेको छ । तर, विनियोजन भएको यो रकम पशु सेवाका क्षेत्रमा भन्दा अन्य क्षेत्रमा खर्च गरेको पाइएको हो । विभागका अनुसार पशु कार्यक्रमका लागि पठाईएको रकम मुलुकका ४० जिल्लामा सडक, विद्यालय र खानेपानीको काममा खर्चिएको पाइएको छ ।
पशु सेवा विभागले गाउँपालिका या नगरपालिकाको जनसंख्या, भूगोल र पशुको संख्या अवलोकन गरेर एउटा स्थानीय तहका लागि बढिमा १ करोडसम्मको रकम विनियोजन गर्छ । कुन ठाँउमा कुन कार्यक्रम उपयूक्त हुन्छ र कति बजेट आवश्यक पर्छ रु भन्ने विषयमा अर्थ मन्त्रालयले पशु सेवा विभागसँग माग गर्नेगर्छ । तर, विभागले माग गरेअनुसार कार्यक्रमको लिस्ट पेश गरेपनि अर्थले सबै बजेट वित्तिय समानिकरणमा विनियोजन गरिदिँदा बजेटको उदेश्य खुल्दैन । जसले गर्दा उक्त बजेट पशु सेवामा नै खर्चिनुपर्ने बाध्यकारी अवस्था आउँदैन ।
बजेट विनियोजन गर्ने समयमा अर्थ मन्त्रालयले शीर्षक नतोक्दा समस्या उत्पन्न भएको विभागका कर्मचारीहरुको भनाई छ । उनीहरुका अनुसार पशु क्षेत्रका लागि विनियोजन हुने बजेट त्यही क्षेत्रमा भने निकै कम मात्रै खर्च हुन्छ । प्रायजसो गाँउपालिका र नगरपालीकाको रकम सडक ,नाला,विद्यालय निर्माण जस्ता कार्यक्रममा खर्च गरेको पशु सेवा विभागले जनाएको छ ।