आचारसंहिता पालना गर्न आयोगको आग्रह
काठमाडौँ, २० भदौ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि यही भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । आचारसंहिता लागू हुने नेपाल सरकार, सम्पूर्ण राजनीतिक दल, व्यक्ति निकाय तथा पदाधिकारीलाई आचारसंहिता कार्यान्वयन गर्न आयोगले अनुरोध गरेको हो ।
आचारसंहिता फिर्ता लिएको भनी भ्रम सिर्जना गरिएकोप्रति थप स्पष्ट गर्दै आचारसंहिता कार्यान्वयन गर्न÷गराउन आयोग प्रतिबद्ध रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिर १० र २१ गते एकैपटक दुई चरणमा हुने घोषणा भइसकेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२२ वैशाख २०८२ ११:५५