प्रशासनिक भवनका लागी १ खर्व ८६ अर्ब
काठमाडौ, १५ भदौ । देशभरका स्थानीय तहको प्रशासनिक भवन निर्माणका लागि मात्रै १ खर्व ८६ अर्ब रुपैया बजेट लाग्ने भएको छ । स्थानीय तहलाई मध्यनजर गरी मन्त्रालयले तयार पारेको मस्यौदाले मुलुकभरका ७ सय ५६ स्थानीय तहका प्रशासनिक भवन निर्माणका लागि सो रकम खर्च हुनेछ ।
सबै स्थानीय तहको प्रशासनिक भवन निर्माणका लागि मात्रै १ खर्व ८६ अर्व रुपैया बजेट आवश्यक देखिएको संघीय मामिला तथा स्थानीय बिकास मन्त्रालयले बताएको छ । मन्त्रालयले तयार पारेको प्रतिवेदनमा स्थानीय तहको मुल प्रशासनिक भवन बनाउन १५ करोड र वडा कार्यालयका लागि १ करोडको हाराहारीमा बजेट आवश्यक देखिएको छ ।
जसअनुसार २०५३ सालभन्दा अघि कायम रहेका स्थानीय तहमध्ये नगरपालिकालाई ३ ओटा र गाउँपालिकालाई २ वटा सवारी साधन उपलब्ध गराइने छ । अहिलेसम्म सडक सञ्जालमा जोडन नसकिएका ४७ ओटा स्थानीय तहलाई एक सवारी साधन उपलब्ध गराउने प्रस्ताव गरिएको छ ।