बढ्यो सुनचाँदीको मूल्य
भक्तपुर, ११ भदौ । आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार प्रतितोला ५५ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले बढेर ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । शुक्रबार ७ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँ बढेर ७ सय ५५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
