बाढीग्रस्त सुडालमा नगरप्रमुखद्धारा अनुगमन

भक्तपुर न्यूज

११ भदौ २०७४ २:४४

बाढीग्रस्त सुडालमा नगरप्रमुखद्धारा अनुगमन

भक्तपुर, ११ भदौ । विगत लामो समय दखि परेको अविरल वर्षाका कारण बाडी पहिरोले तहसनहस पारेको स्थानहरु स्थानिय निकायका जनप्रतिनिधीहरुले स्थलगत अवलोकन गरेका छन् ।

सुडाल गाविस साविक वडा नम्वर ९ हाल चाँगुनारायण नगरपालिका वडा नम्वर ८ मा भएको क्षतिको नगरपालिकाका मेयर सोम प्रसाद मिश्र र सो वडाका वडा अध्यक्ष परासर सापकोटाले स्थलगत अवलोकन गरेका हुन् ।

उनीहरुले फुयाल गाउँ, सितेपाखो खोला र खानेपानी मुहान एवं आरुवारी मार्गमा बगाएको वाँध एवं बाटो साथै स्थानियको नस्ट भएको बाली नालिको अवलोकन गरेका हुन् । अवलोकन गर्दै मेयर सोम प्रसाद मिश्रले खानेपानी र मुख्य बाटोलाई पहिलो प्राथमिकतामा राखी काम गरिने बताए ।

प्राकृतिक विपत्तीका कारण सुडालमा भएको क्षती अपुरणीय भएको बताउँदै यसले पर्न गएको क्षति आगामी दिनमा पनि फेरी नदोहोरियोस भनी दिर्गकालिन योजना बनाउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *