पाँच क्षेत्रका डिआइजी हटाएर सात प्रदेशमा एआइजी

भक्तपुर न्यूज

५ भदौ २०७४ ३:५८

पाँच क्षेत्रका डिआइजी हटाएर सात प्रदेशमा एआइजी

काठमाडौं, ५ भदौ । सरकारले सात एआइजीलाई प्रदेशको इन्चार्ज बनाएर खटाएको छ। दुई साताअघि बढुवा भएका ११ मध्ये सात एआइजीलाई आइतबार मध्यराति प्रदेश इन्चार्ज बनाएर पठाइएको छ। जसअनुसार १ नम्बर प्रदेशमा पशुपति उपाध्याय, २ मा विजयलाल कायस्थ, ३ मा केशरीराज घिमिरे, ४ मा कमलसिंह बम, ५ मा मिडमार लामा, ६ मा रणबहादुर चन्द तथा ७ मा विजयकुमार भट्टलाई पठाइएको छ। पाँच क्षेत्रका डिआईजीलाई हटाएर प्रदेश कार्यालयमा सरुवा गरिएको छ।

महानगरीय प्रहरी कार्यालयको जिम्मेवारी एआईजी जयबहादुर चन्दलाई दिइएको छ। पहिलो नम्बरमा एआईजी बढुवा भएका बमबहादुर भण्डारीलाई मुख्यालयमा राखिएको छ। त्यस्तै, देवेन्द्र सुवेदीलाई प्रहरी एकेडेमी, माधव जोशीलाई प्रशासन विभागमा पदस्थापन गरिएको छ। बढुवा भएको १७ दिनपछि एआईजीहरूको पदस्थापन गरिएको हो। गत ३२ साउनमै बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी नियमावली संशोधन गरी प्रदेशमा एआईजी खटाउने निर्णय भएको प्रहरी महानिरीक्षक प्रकाश अर्यालद्वारा जारी सूचनामा उल्लेख छ। मन्त्रिपरिषद्ले पाँच दिनअघि नै सैद्धान्तिक निर्णय गरे पनि सरुवाको सूची भने आइतबार तय भएको हो। प्रशासनिक संरचनाबिनै एआईजीलाई प्रदेशमा खटाउन समस्या हुने भन्दै प्रहरीभित्र असन्तुष्टि छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *