दैेलेखका सरकारी कार्यालय अपाङ्गमैत्री भएनन्

भक्तपुर न्यूज

३ भदौ २०७४ ७:३९

दैेलेखका सरकारी कार्यालय अपाङ्गमैत्री भएनन्

कुमार प्याकुरेल । दैलेख, ३ भदौ । दैलेख जिल्लामा रहेका सत् प्रतिशत सरकारी कार्यालयहरु अझैपनि अपाङ्गमैत्री हुन सकेका छैनन् । यसले गदाृ सरकारी सेवा सुविधाका लागी कार्यालयमा आउने जोकोही अपाङ्गता भएका व्यक्तिले सास्ती खेप्दै आईरहेका छन् । सरकारी निकायमा अपाङ्गता भएका ब्यक्तिहरुका लागी बिशेष व्यवस्था गरिनुपर्ने र सरकारी भौतिक संरचना अपाङ्गमैत्री बनाईनुपर्ने सरकारी प्रावधान रहेको छ । तर दैलेखका सरकारी कार्यालयले सरकारी प्रावधानको समेत पालना गरेका छैनन् । पुराना मात्रै नभई नयाँ निर्माण गरिएका सरकारी संरचना पनि अपाङ्गमैत्री नभएको पाईएको छ ।

दैलेखमा जिल्ला प्रशासन कायाृलय समेत अपाङ्गमैत्री छैन् । यसैगरी नारायण नगरपालिका, जिल्ला विकास समिति, मालपोत, जिल्ला शिक्षा लगायतका दर्जनौ सरकारी कार्यालयहरुको अबस्था एउटै रहेको छ । राज्यलेनै सरकारी भवन निर्माण गर्ने क्रममा अपाङ्गता भएका ब्यक्तिहरुलाई मध्यनजर गरेर भवन निर्माण नगर्दा र सम्वन्धित निकायले समेत यस बिषयमा चासो नदिएकै कारणले अपाङ्गता भएका ब्यक्तिहरुले सेवा लिनमा असजिलो भएको ् जिल्ला अपाङग समितिका अध्यक्ष रत्नबहादुर शाहीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *