भक्तपुरमा पञ्चदान पर्व मनाइयो
भक्तपुर, ३ भदौ । जिल्लाको बिभिन्न पाँच टोलमा रहेका दिपँकर बुद्धहरुलाई पुजा तथा दान दिएर पञ्चदान पर्व मनाईएको छ । यो पर्व काठमाडौ, पाटन, कीर्तिपुर, थिमी, बनेपा, पनौतीमा पनि मनाइृन्छ । यी स्थानमध्ये भक्तपुरमा पृथक तरीकाबाट यो पर्व मनाउँने गरिएको छ । अन्य स्थानमा विहारहरुमा गएर दान गरिन्छ भने भक्तपुरमा पाँच दिपँकरहरुलाई बिहारबाट निकाली टोल टोलमा घुमाई पूजा तथा दान लिने गरिन्छ ।
बौद्धधर्ममा यो पर्व बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्ने पर्वसंग सम्बन्धित छ । यी दिनहरुमा विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र यहाँको परम्परागत विहारहरुमा भिक्षु भईसकेका शाक्य वज्राचार्यहरुलाई स–सम्मानका स्वागत सत्कार गरी दान आदान प्रदान गरिन्छ । काठमाण्डौं उपत्यकामा मनाईने विभिन्न बौद्ध संस्कृति एवं पर्वहरुमा दान गरिन्छ । स्मरणीय छ दीपंकर बुद्ध भन्नाले शाक्यमुनी बुद्धलाई बुद्ध हुन्छ भनेर भविष्यवाणी गर्ने बुद्ध थियो ।
यो पर्व हजारौं वर्ष पहिले देखि नै श्रावण महिनाभित्र दुई पटक धूमधामका साथ मनाईदै आएका छन् । गुँला महिना ( श्रावण महिना ) मा पहिलो पटक श्रावणशुक्ल अष्टमीको दिन पाटनमा मनाईन्छ भने दोश्रो पटक भाद्र कृष्ण त्रयोदशी काठमाडौृ, भक्तपुर, बनेपा, ठिमी, पनौती, कीर्तिपुर आदि ठाउँहरुमा मनाईन्छ । नेपालमा यो पञ्चदान पर्वको इतिहास र परम्परालाई हेर्दा यो नेपालको आफ्नै मौलिक संस्कृति र परम्परा रहेको स्पष्ट छ ।