काठमाडौं महानगरमा शर्माको पदबाहली

भक्तपुर न्यूज

३२ साउन २०७४ ६:५३

काठमाडौं महानगरमा शर्माको पदबाहली

काठमाडौं, ३२ साउन । काठमाडौं महानगरका नव नियुक्त कार्यकारी अधिकृत धनीराम शर्माले आज बुधबार पदबाहली गरेका छन् । बुधबार पदबहाली गरेपछि महानगरले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत शर्माले स्थानीय सरकारको प्रभावकारी कार्यान्वयनबाट स्थानीय तहको नेतृत्व काठमाडौं महानगरले गर्नुपर्ने बताए । उनले मेयर उपमेयरले अघि सारेको काम नै आफ्नो प्राथमिक काम भएको बताउँदै आफ्नो कार्यकालमा महानगरको सार्वजनिक छवी सुधार गर्ने प्रतिबद्धता जनाए ।

विद्युतीय शाशनको प्रवर्द्धनले पारदर्शिता र सेवामा लाग्ने समय तथा लागत घटाउने हुनाले सूचना प्रविधि विभागसँग तथा करको दायरा र क्षेत्रका विषयमा अहिले केन्द्र र स्थानीय सरकारबीच बुझाइमा फरक भएकोले यसतर्फका काममा आफुले ध्यान दिने शर्माले बताए ।

कार्यकारी अधिकृतले कर्मचारीले सम्पादन गर्नु पर्ने विधि तथा पद्धतिमा नागरिक र जनप्रतिनिधिकावीचमा कुशल नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन् । सुर्खेत जिल्लामा जन्मिएका शर्माले १४ बर्षभन्दा बढी सरकारको कर तथा राजश्व प्रशाशन, वित्तीय व्यवस्थापन सेवामा विताएका छन् । यसअघि अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन महाशाखा प्रमुखका रुपमा काम गरिरहँदा साउन १९ को मन्त्रिपरिषद्को निर्णयबमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा सरुवा भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *