मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

भक्तपुर न्यूज

३२ साउन २०७४ ५:३३

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त

काठमाडौ., ३२ साउन । निर्वाचन आयोगले असोज २ गतेको तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। आयोगले स्थानीय तह निर्वाचन ऐनको दफा ७ बमोजिम मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको हो।

आयोगले ८ जिल्लाका १३६ स्थानीय तहमा तेस्रो चरणमा निर्वाचन गराउँदैछ। थपिएका ९ स्थानीय तहसहित १३६ तहमा निर्वाचन हुन लागेको हो। ऐनको व्यवस्था अनुसार मुख्य निर्वाचन अधिकृतमा सम्वन्धित जिल्लाको जिल्ला अदालतका वरिष्ठतम न्यायाधीश नियुक्त गर्ने प्रचलन छ। निर्वाचन अधिकृतमा भने आयोगले न्याय, कानुन र सरकारी वकिल समूहका उपसचिव स्तरसम्मका कर्मचारी नियुक्त गरेको छ।

नियुक्तिसँगै आयोगले मुख्य निर्वाचन अधिकृतलाई भदौ ७ गतेसम्म कार्यालय स्थापना निर्देशन दिएको छ। यस्तै, निर्वाचन अधिकृतलाई भदौ १२ गतेसम्म कार्यालय स्थापना गर्न आयोगले सूचित गरेको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको प्रशिक्षण भदौ ४ र ५ गते हुने निर्वाचन आयोगले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *