निर्वाचन क्षेत्र निर्धारण आयोगको समय १५ दिन थपियो

भक्तपुर न्यूज

३२ साउन २०७४ ०:३२

निर्वाचन क्षेत्र निर्धारण आयोगको समय १५ दिन थपियो

काठमाडौं, ३२ साउन । सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोगको म्याद थप १५ थपेको छ । क्षेत्र निर्धारण आयोगले तोकिएको समयमा काम पूरा नगरेपछि आयोगको म्याद थप १५ दिन थपेको हो । मंगलबारदेखि आयोगको म्याद सकिएकोले मन्त्रिपरिषद बैठकले आयोगको म्याद थप १५ थप्ने निर्णय गरेको हो । आयोगलाई क्षेत्र निर्धारणका लागि दिइएको २१ दिनको समयसीमा साउन ३१ अर्थात मंगलबार सकिएको छ ।

क्षेत्र निर्धारण गर्न स्थानीय स्तरको सुझाव समेत लिइसकेको आयोग गत एकसातादेखि प्रतिवेदन तयार पर्न व्यस्त रहेको छ । तर उक्त प्रतिवेदनको काम नसकिएको बताईएको छ ।  आयोगको काम जटिल भएकाले काम सक्न अरु समय लाग्ने हुँदा आयोगले सरकारसँग थप समय मागेको आयोगका प्रवक्ता गणेश कार्कीले जानकारी दिए ।

सर्वोच्च अदालतबाट स्थानीय तहको संख्या थपन सक्ने फैसला आएपछि आयोगले ति प्रदेशमा कति संख्या बनाउने भन्नेमा सरकारसँग छलफल गरिरहेको र थपिएको समयमा प्रतिवेदन तयार पर्ने प्रवक्ता कार्कीले बताए । निर्वाचन क्षेत्र निर्धारण आयोगले हाल रहेका २४० निर्वाचन क्षेत्रलाई १६५ झार्नुपर्ने संबैधानिक व्यवस्था रहेको छ । प्रदेश सभा निर्वाचनका लागि पनि प्रतिनिधि सभाको दोब्बर निर्वाचन क्षेत्र ननाघ्ने गरी निर्धारण गर्ने जिम्मेवारी दिइएको कार्कीले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *