चीनका उपप्रधानमन्त्री काठमाडौंमा

भक्तपुर न्यूज

३१ साउन २०७४ ०:५०

चीनका उपप्रधानमन्त्री काठमाडौंमा

काठमाडौं ३१ साउन । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य तथा उपप्रधानमन्त्री वाङ याङ नेतृत्वको उच्चस्तरीय टोली तीनदिने औपचारिक भ्रमणका लागि हिजो साँझ नेपाल आइपुगेका छन् । पाकिस्तानको स्वतन्त्रता दिवसमा सहभागी भएर उनी काठमाडौं आइपुगेका हुन् । उनी ५२७३ विमानमा भारतीय आकाश हुँदै काठमाडौं प्रवेश गरेको हो।

सन् २०१७ भित्र पनि चिनियाँ राष्ट्रपति सी जिङपिङङको नेपाल भ्रमण हुने बताइएको थियो । राष्ट्रपति सीको भ्रमण तत्काल नहुँने भएपछि उनको विशेष दूतका रूपमा उपप्रधानमन्त्री वाङ राष्ट्रपति सीको विशेष सन्देशसमेत लिएर आइपुगेका छन् ।

सरकारले चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमण दुईपक्षीय सहयोग र सद्भाव अभिवृद्धिमा नै केन्द्रित हुने बताएको छ । २९ सदस्यीय टोली रहेको उक्त वाङको भ्रमण पाँच वर्षयता चीनका तर्फबाट हुन लागेको उच्चस्तरीय भ्रमण हो ।

सन् २०१२ को आरम्भमा प्रधानमन्त्री वेन जियावाओले पाँच घण्टे नेपाल भ्रमण गरेका थिए । सन् १९९६ मा जियाङ जेमिनले नेपाल भ्रमण गरेपछि चीनका राष्ट्रपतिबाट नेपाल भ्रमण नै भएको छैन । दोक्लम विषयमा नेपाल तटस्थ रहने सरकारले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *