३० भन्दा बढी वितरण लाइनमा क्षति, सवा दुई लाख अन्धकारमा
काठमाडौं, ३० साउन । अविरल वर्षा र बाढीले नेपाल विद्युत्त प्राधिकरणका देशभरका ३० भन्दा बढी प्रसारण र वितरण लाइन, सवस्टेशन तथा विद्युत्त गृहहरुमा क्षति पुगेको छ । पूर्वाञ्चल, मध्यमाञ्चल तथा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका ती संरचनाहरुमा बाढीका कारण क्षति पुगेको हो ।
विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बाढीका कारण प्रसारण लाइन, सवस्टेशन, वितरण लाइन र विद्युत्त गृहहरुमा क्षति पुगेको छ । ‘बाढीले विराटनगर र जनकपुर क्षेत्रका अधिकांश संरचनामा क्षति पुगेको छ,’ उनले भने, ‘सम्भव भएको ठाउँमा तुरुन्तै प्रणाली सञ्चालन गर्ने र बाढीका कारण असम्भव देखिएको क्षेत्रमा सम्भव भएपछि तत्काल काम अघि बढाउँछौं ।’ बाढीले क्षति पुर्याउँदा बिराटनगर तथा जनकपुर क्षेत्रका अधिकांश जनता विद्युत्त सेवाबाट वञ्चित छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७