महान्यायाधीवक्ताका लागी दौडधुप शुरु

भक्तपुर न्यूज

२९ साउन २०७४ ८:०९

महान्यायाधीवक्ताका लागी दौडधुप शुरु

काठमाडौं, २९ साउन । महान्यायाधीवक्ता रमन कुमार श्रेष्ठले आईतबार पदबाट राजीनमा दिएका छन् । उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको समयमा माओवादी कोटाबाटै महान्यायाधीवक्तामा नियुक्ति भएका श्रेष्ठले देउवा प्रधानमन्त्री भएको करिब दुई महिनापछि आईतबार राजीनामा दिएका छन् ।

उनले प्रधानमन्त्री देउवाकैै आग्रहमा राजीनामा दिएको चर्चा चलेको छ । आइजीपी नियुक्तिको घटना सर्वोच्चमा विचाराधीन रहेको तथा धेरै कानुनी मुद्दामा श्रेष्ठले महत्वपूर्ण भूमिका खेलेकाले देउवाले राजीनामा नदिन आग्रह गर्दै आएका थिए ।  श्रेष्ठको राजीनामा सँगै महान्यायाधीवक्ता बन्न कांग्रेस निकट कानुन व्यवसायीहरुबीच आइतबारदेखि नै दौडधूप सुरु भएको काँग्रेस नेता एंवम् बाणिज्य मन्त्री मीन विश्वकर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *