बिपद् व्यवस्थापन सरकारको चुनौती : मन्त्री बिश्वकर्मा

भक्तपुर न्यूज

२९ साउन २०७४ ६:४९

बिपद् व्यवस्थापन सरकारको चुनौती : मन्त्री बिश्वकर्मा

भक्तपुर, २९ साउन । बाणिज्य मन्त्री मीन बिश्वकर्माले यतिबेला बिपद् ब्यवस्थापन सरकारका लागि चुनौती बनेको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजीत साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले लगातार बर्षाका कारण तराई बाढीको डुबानमा र पहाड पहिरोको चपेटामा परेको अवस्थामा सरकारले सोचे जस्तो बिपद् ब्यवस्थापन गर्न नसकेको बताए ।

कोशी ब्यारेजका केही ढोका खुल्न सरकारले गरेको कुटनीतिक पहल सफल भएको भन्दै सबै ढोका खुल्दा भारतको बिहार डुवानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले बिपद्का बेला सोचेर मात्र काम गर्नु पर्नेमा उनले जोड दिए । लगातार बर्षाका कारण पहाड र तराई प्राकृति प्रकोपको चपेटामा परेको अवस्थाका कारण तेस्रो चरणको निर्वाचनलाई प्रभाव पार्न सक्ने अवस्था श्रृजना भएता पनि सकारले बिभिन्न चुनौतिका माझ निर्वाच सम्मपन्न गर्ने उनले बताए ।

माघ ७ सम्म सम्पूर्ण निर्वाचन सम्पन्न नगरिय देशमा संबैधानिक संकटको अवस्था देखिने भन्दै उनले सरकारले हचुवाको भरमा संसद र प्रदेशको निर्वाचन मिति घोषणा नगर्ने र निर्वाचन आयोगले निर्वाचन गर्न सक्ने अवस्थामा मात्र निर्वाचन मिति घोषण गरिने बताए ।  संसद र प्रदेशको निर्वाचन एकै पटक गर्दा चार गुणा बढी जनशक्तिका साथै भौतिकसाधनको आवश्यकता पर्ने भएको तर्फ निर्वाचन आयोगले निर्णय दिन नसकेको र सरारकाले कसरी एकै पटका दुवै निर्वाचन गर्न सकिन्छ भनि निर्वाचन आयोगसँग गरेको परामर्शमा निर्वाचन आयोगले कुनै निर्णय गर्न नसक्दा अन्यौलता बढेको उनले जानकारी दिए ।

संबिधान संसोधनको बिषयमा नेपाली काँग्रेसले सकेसम्म पास गराउने उद्देश्यका साथ बिषक्षी दलहरुसँग छलफल तिब्र रुपमा गरिरहेको र यस्तो अवस्थालाई ध्यान दिँदै राजपाले भाग लिनु पर्ने र संशोधनलाई पास गराउनु संसोधनको पक्षमा दुई तिहाई पुराउने वातावरण बनाउने तर्फ अग्रसर हुनु पर्नेमा जोड दिए ।

वर्तमान सरकार दुवै छिमेकी देशसँग सम्बन्ध सुधार लागि अग्रसर रहेका बेला प्रधानमन्त्रीको भारत भ्रमण बिग्रिएको सम्बन्ध सुधार र ब्यापार घाटाका बारे छलफल हुने र चीनका उपप्रधानमन्त्रीको टोलीले गर्ने नेपाल भ्रमण नेपाल र नेपालीको हितानुकुल रहने उनले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *